प्रधानसम्पादक पाठक पुरस्कृत

बाग्लुङ | पुस २, २०७९

प्रधानसम्पादक पाठक पुरस्कृत

बागलुङः    राष्ट्रिय समाचार समिति (रासस)का प्रधानसम्पादक एकराज पाठक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट पुरस्कृत हुनुभएको छ । महासङ्घको १३औँ वार्षिक साधारणसभाका अवसरमा प्रधानसम्पादक पाठकलाई आज यहाँ पुरस्कृत गरिएको हो । 


प्रधानसम्पादक पाठकलाई उक्त पुरस्कार गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले एक समारोहबीच प्रदान गर्नुभयो । पत्रकार महासङ्घ बागलुङ शाखाका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतमले आमा नन्दकली र बुबा हरिलालको सम्झनामा २०६६ सालमा उक्त पुरस्कार स्थापना गर्नुभएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय व्यक्तिलाई हौसला प्रदान गर्न सो पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ ।


यसैगरी रासस समाचारदाता रामबहादुर थापा, पत्रकार सिर्जना पन्त, सरोजराज पन्त र सज्जनकुमार सिंहलाई हरिलक्ष्मी नारायणप्रसाद स्मृति पुस्कार प्रदान गरिएको छ । पत्रकार भाषा शर्मा र गणेश पौडेललाई ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’ तथा राजेशचन्द्र राजभण्डारीलाई ‘टीकाधना पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १५ हजार छ । व्यवसायी तथा समाजसेवी तीर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ र मनोविज्ञान श्रेष्ठले आफ्नो बुबा नारायणप्रसाद र आमा हरिलक्ष्मीको स्मृतिमा २०७३ सालमा उक्त पुस्कार स्थापना गर्नुभएको हो ।

पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभाका रिक्त १७ सिटकालागि भोलि निर्वाचन हुँदैछ । मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने निर्वाचन आयोगले जनाएको छ । १८ सिट रिक्...

थप पढ्नुहोस्

काठमाडौं: आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ।  बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रति...

थप पढ्नुहोस्